किरण गौतमको ‘साइँली’ बजारमा

काठमाडौं । किरण गौतमको लोक दोहोरी ‘साइँली’ बोलको गीत सार्वजनिक भएको छ ।

डिएआर मुभिज युबटुब च्यानलबाट सार्वजनिक भएको गीतको शब्द तथा संगीत किरण गौतमको रहेको छ भने स्वर किरण गौतम र स्मृति गौतमको रहेको छ । शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् ।

भिडियोमा सरोज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दासको अभिनय देख्न सकिन्छ ।

प्रभावन जेले निर्देशन गरेको उक्त भिडियोलाइ ज्ञानेन्द्र शर्मा हुंमागाईले छायांकन गरेका छन भने सहायक निर्देशकमा नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गौतम रहेका छन ।

भिडियो हेर्नुहोस