कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचारारत कोरोना संक्रमित एक वृद्धको आज मृत्यु भएको छ ।

अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा।प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु भएको हो ।

भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।