लिदी पहिरामा बेपत्तामध्ये ३६ को शव फेला

काठमाडौं । गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ ।

थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो । दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज प्रकाश दोङ, साइली दोङ र आयुष दोङको शव फेला परेका हो । हराइरहेकाको खोजी जारी रहेको बताइएको छ ।

कर्मचारीलाई कोरोना प्रभावित स्थानमा आवत–आवतमा रोक मेलम्ची नगरपालिकामा नगस्तरीय कोरोना विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगर प्रमुख डम्बर अर्यालको संयोजकत्वमा बसेको बैठकले महत्वपुर्ण पाँच निर्णय गरेको छ । आजको बैंठकले नगरपालिकाका कर्मचारीलाई काठमाडौँ वा कोरोना प्रभावित स्थानमा आवत–जावतमा रोक लगाउने निर्णय गरेको छ ।

अति आवश्यक काममा जानै परेमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर जाने र फर्किएपछि दुई हप्ता होम क्वारेन्टिन तथा संस्थागत क्वारेन्टिनमा बस्न लगाउने निर्णय भएको छ । बैठकले प्रभावित जिल्लाबाट मेलम्ची प्रवेशका नाकामा कडाइका साथ रोक लगाउने र अतिआवश्यक काम परेर आउनेलाई होम क्वारेन्टिनमा बस्नका लागि वडा कार्यालयमा जिम्मा लगाउने निर्णय भएको छ । त्यस्तै यही भदौ ९ गतेको निर्णयअनुसार नै बजार खुल्ने र बिक्री वितरण गर्ने निर्णयलाई यही भदौ १७ गतेसम्म यथावत रहने निर्णय भएको नगर प्रमुख अर्यालले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाका सबै समस्या समाधान गर्न र मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरणपश्चात् लेभी निर्धारण र अन्य विविध समस्या समाधानका निम्ति सरोकारका बिषय समेट्दै सांसद शेरबहादुर तामाङको संयोजनमा भर्चुअल बैठक सम्पन्न भएको छ । पूर्व कानुनमन्त्री तामाङको संयोजकत्वमा मेलम्ची खानेपानी लेबी निर्धारण संयोजन तथा वार्ता समिति गठन गर्दै उक्त बैठक सम्पन्न भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको पहिलो र दोश्रो चरणको आयोजनामार्फत पानी काठमाडौँ पथान्तरणपश्चात् स्थानीय जनतालाई लेबी दिनुपर्ने र त्यसका निम्ति सबै एकमत रहनुपर्ने र उक्त क्षेत्रमा विकासका निम्ति राज्यले अनुदान दिनुपर्ने, आयोजनाले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने तथा नाफाको बाँडफाँड नभइ निश्चित लेबी दीर्घकालिनरुपमा दिनुपर्नेलगायत एजेन्डामा सबै सहभागीको साझा धारणा रहेको सांसद तमाङले जानकारी दिए ।

उक्त बैठकमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्ची सबैको साझा बिषय रहेकाले सामूहिकरुपमा अगाडि बढ्दा समस्या समाधानका निम्ति वातावरण सहज हुने बताए । सो छलफलमा उपस्थित सबैले एकतावद्धरुपमा अगाडि बढ्दा मात्र उपलब्धि हासिल हुने भन्दै स्थानियका मागका सबालमा जस्तोसुकै चूनौती सामना गर्नुपरे पनि तयार रहनुपर्नेमा सम्पुर्ण सहभागीले जोड दिए ।