चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण

चितवन । चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जना चितवनकै गरी २० जनामा संक्रमण पुष्टि भएको हो । चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा.नीतु अधिकारीका अनुसार सोमबार राति ११ बजे प्राप्त विवरणअनुसार १८ देखि ७३ वर्ष उमेर समूहका २० जनामा संक्रमण भएको छ ।

संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न ७ वटा वडाका ३४ देखि ६५ वर्षसम्मका ६ पुरूष र १८ देखि ५५ वर्षसम्मका ५ महिला छन् ।

यस्तै राप्तिका १ पुरूष र २ महिला तथा रत्ननगरका १ पुरूषमा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालकै ल्यावमा भएको परीक्षणमा नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एकरएक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुर नगरपालिकाका थप २० जनामा संक्रमण पुष्टि भएको छ । सोमबार अबेर राति सार्वजनिक गरिएको विवरण अनुसार २६ देखि ४९ वर्ष उमेर समूहका १५ जना महिला र ३३ देखि ६५ वर्ष सम्मका ५ पुरूषमा संक्रमण पुष्टि भएको कोभिड इन्फो चितवनले जनाएको छ ।