कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु

सुनसरी । सिरहाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया ३ निवासी ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । उनको सोमबार राति ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए ।

उनलाई विराटनगरस्थित विराट शिक्षण अस्पतालबाट भदौ १० गते धरान रेफर गरिएको थियो । डा.सापकोटाका अनुसार मृतकमा ज्वरो आउने, अत्याधिक टाउको दुख्ने, खोकी र श्वासप्रश्वासको समस्या थियो ।