नेपाल फर्किए २९७ जना नेपाली

दोहा । कोरोना भाइरसको महामारी लगायतका कारणले कतारमा अप्ठ्यारोमा परेका २९७ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडान तथा हिमालय एयरलाइन्सको ९५६३२ गरी दुई उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रब्रीण भट्टराईले जानकारी दिए ।

दुवै उडानमा समावेश भएका नेपालीहरूमा कोभिड (१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि स्वदेश फर्किएको भट्टराईले बताए । स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाइका लागि सचिव भट्टराई, नेपाली दूतावासका कर्मचारी तथा नेपाली समुदायका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा(काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको छ । कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा धेरै छ । सरकारले पाचौँ चरणको उद्धार उडान शुरू गरेसँगै विदेशमा रहेका नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन् ।