कोरोनाले पछिल्लो २४ घण्टामा देशभर ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुषको मृत्यु भएको हो ।