युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक : ओली

काठमाडौं । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ ।

बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । प्रधानमन्त्रीले ट्विटर मार्फत यसको जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भयो, नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ,’ प्रधानमन्त्रीले ट्विटरमा भनेका छन् । मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि सरकारले तत्कालको अभाव पूर्ति गर्न बंगलादेशसँग मल पैँचो मागेको थियो । कुटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक भएको थियो ।