सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । मुगु, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिमं) जिल्लाका विभिन्न स्थनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मुगुको छाँयानाथ रारा नगरपालिका(६ गोब्रेघाटस्थित सडकमा भे.१ त ६५६९ नम्बरको ट्रयाक्टरको ट्रलीबाट खसेर सोही नगरपालिका–७ पिना बस्ने ४८ वर्षीय पुन्य बहादुर बमको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका(८ बिजय चोकस्थित सडकमा ना.४० प ५३५५ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने २४ बर्षीय शनी रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका(४ थाना चोकमा से.१ च २२३३ नम्बरको स्कार्पियो गाडीको ठक्करबाट बाटो काट्दै गरेका पैदलयात्री सोही ठाउँ बस्ने बारा कलैया घर भएका ५ बर्षीय समिर मियाँको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै सोही गाडीले लु.३९ प १८९३ नम्बरको स्कुटरलाई समेत ठक्कर दिँदा घाइते भएका स्कुटर चालकको स्थानीय संजिवनी मेडिकलमा उपचार भइरहेको छ भने स्कार्पियोमा सवार ८ जना सकुशल रहेका छन् । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।