भारतमा एकैदिन ६९ हजार ९२१ संक्रमित थपिए

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ हजार २८८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८१९ संक्रमितको मृत्यु भएको छ ।

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३६ लाख ९१ हजार १६६ पुगेको छ । सबैभन्दा धेरै संक्रमण हुने र मृत्यु देशको सूचिमा भारत विश्वमा तेस्रो स्थानमा छ । लकडाउन कुखुलो बनाउँदै रेल सेना तथा सार्वजनिक सवारी साधन सञ्चालन तथा पसल र कलकारखाना सञ्चालन हुन थालेपछि भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।