जातीयताकै कारण पहिलो प्रेम छुट्यो

कोरोना भाइरको संक्रमण र त्रासबीच पनि नेपाली सांगीतिक क्षेत्रमा गीत गाउने र सार्वजनिक हुने क्रम रोकिएको छैन । दिनहुँ गीत र म्युजिक भिडियो बजारमा आइरहेका छन् । गायक सुन्दर सुनाम सँग नेपाली सांगीतिक क्षेत्रको पछिल्लो अवस्था, कोरोनाले सांगीतिक क्षेत्रमा पारेको असर, लगायत विषयमा केन्द्रित रहेर पाथिभरा न्यूज डट कम सगं गरेको कुराकानी :

यस्तो कोरोनाको अवस्थामा दिन कसरी बिताइरहनु भएको छ नी ?

सबैलाइ थाहानै छ विश्व अहिले कोरोना भाइरसको कारण बन्दा बन्दीमा गुज्रिरहेको छ । यस्तो अवस्थामा बाहिर हिड्ने समय पनि त छैन त्यही भएर घरमै बस्ने गीतहरु सुन्ने र गाउने,घरको काम सघाउने आदि ।

अनि तपाइले गीत संगीत नै रोज्नुको कारण के हो ?

कुनै पनि मानिसको चाहाना हुन्छ कि आफुलाइ पुरा राष्ट ले चिनोस त्यसैले मेरो पनि बच्चै देखिको चाहाना थियो कि गीत गाउने र समाजमा चिनिने त्यसैले यो छेत्र रोजेको हु ।

तपाइको अहिले सम्म कतिवटा गीत बजारमा आइसकेका छन ? र कुन कुन ?म यो छेत्रमा लागेको धेरै भएकोे छैन । भरखर–भरखर आएको हो । त्यसैले अहिले सम्म दुइ वटा गीत बजारमा आएका छन ‘ज्यानमाइली’ र ‘सिन्धुलिको जुनार’ । ‘ज्यानमाइली’ आफैले गायको गीत हो भने ‘जुनार’चाँही मेलै संगीत गरेको गीत हो ।

यो क्षेत्रमा कस्तो कस्तो चुनैतीहरुको सामना गर्नु भयो त ?

भरखर मात्र यो छेत्रमा लागेर होला चुनौतीहरु धेरै देखेको छु । हुन त चुनैतीहरु पनि ब्यक्ति पिछे फरक फरक होलान मैले देखेको चुनैतीहरु चाँही यस प्रकारका १ आर्थिक अभाब २ प्रबिधिको कमि ३ दर्सक स्रोताको कमी

गायक गायिकालाइ अहिले आर्थिक रूपमा धेरै गाहो छ भन्छन ,के संगीत क्षेत्रबाट कमाई राम्रै छ ?

हो हजुरले भन्नु भएको कुरा सत्य हो । अहिलेको अवस्थामाा गीत गाएरै कमाउ छु भन्ने नसोच्दा पनि हुन्छ । किनभने पहिलेकोे सिडि क्यासेट,एल्वमहरु धेरै बिक्रि हुन्थे भने अहिले त्यो जमाना छैन अहिले मान्छेहरु युटुयुबबाटै भिडियो हेर्छन त्यसैले यो क्षेत्रमा आर्थिक रुपमा धेरै गा–यो छ ।

गीत संगीतको कुरा धेरै गरियो अब एकैछिन माया प्रेम तिर जाम के तपाइले अहिले सम्म कोही संग प्रेम गर्नु भएको छ ?

हाहा प्रेम बाट को चाँहि टाडा हुन सक्ला र ? मैले पनि गरेको छु प्रेम ।

सुनीन्छनी गायक गायिकाहरुको त धेरै सङ्ग चक्कर चलेको हुन्छ रे के यो साँचो हो ?
तपाइले सुन्नु भयो होला तर मलाइ चाँही थाहा छैन । होलान कोही त्यस्तो मान्छेहरु हुन त सबै ब्यक्तिमा भर पर्ने कुरा हो ।

अनि तपाइले प्रेममा कोही कसैबाट धोका पाउनु भएको छ ?

पाएको छु किन नपाउनु अहिलेको जमाना पनि जातीयताको कारणले गर्दा मैले मेरो पहिलो प्रेम गुमाएको थिए जुन अहिले सम्झीननी सक्दिन ।

पहिलो प्रेम भनेर भन्नु भयो अहिले नि प्रेममा हुनुहुन्छ ?

हजुर अहिले नि छु प्रेममा पहिलो प्रेम छुटेको करिब छ वर्ष पछि फेरि भरखर ६ महिना जति भो प्रेममा छु ।

अनि कोरोनाको प्रभाव कतिको छ ?
खासै गाउ तीर भएकाले होला त्यती धेरै पैभाव त तर बन्दा बन्दिको प्रभाब चाँहि धेरै परेको छ ।

गीत संगीतमा मन पर्ने गायक गायिका को हुन ?
मन पर्ने त धेरै हुनुहुन्छ तर एक जनाकोमात्र नाम लिदा भेदभाब होला त्यसैले निउटन बस्छु मलाइ सबै मन पर्छ ।

अनि अब तपाइको भावि योजना केही छ ?
भावि योजना अब नेपाली गीत संगीतलाइ माया गर्ने र आफु पनि गीत संगीत क्षेत्रलाइ नै निरन्तरता दिने ।

अन्त्यमा सोध्न छुटेका वा भन्न मन लागेको केही छन ?
विश्व यतिखेर कोरोना भाइरसको कारणले गर्दा बन्दाबन्दिको चपेटामा छ । त्यसैले सबै जना सुरक्षित भएर घरमै बसौं । र अन्त्यमा तपाइ र हाम्रो पाथिभरा न्यूज डटकमलाइ धेरै धेरै धन्यवाद भन्न चाहान्छु ।