चितवनमा कोरोना संक्रमित थप एक जनाको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला छिन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।