काठमाडौं उपत्यकामा ४४५ सहित देशभर १२२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ सहित देशभर १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ४४५ जनामा संक्रमित भेटिएको छ जसमध्ये काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।