एकैदिन विश्वमा २ लाख ७९ हजार कोरोना संक्रमित थपिए

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७९ हजार ३३८ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको भन्दा धेरै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ४५ हजार ९८४ कोरोना संक्रमित थपिएका थिए । कोरोनाका कारण हालसम्म ८ लाख ५९ हजार १३० संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ५८ लाख ८४ हजार ८९५ पुगेको छ ।