मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेहरुलाई प्रहरीले दमन गर्याै : आदिवासी जनजाती महासंघ

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघले रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेहरुलाई प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ । महासंघले तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ ।

मत्स्येन्द्रनाथको रथ राखिएको पुल्चोक क्षेत्रमा भेला भएका स्थानीयलाई प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै बल प्रयोग गरेपछि बिहीबार दिनभर स्थिति तनावग्रस्त भएको थियो । स्थितिलाई काबुमा राख्न शुक्रबार ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाइएको छ ।