विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ८ लाख ५९ हजार

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ५९ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ५९ हजार १३० संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ५८ लाख ८४ हजार ८९५ पुगेको तथ्यांकमा उल्लेख छ ।