एकैदिन कोरोना संक्रमणबाट सबैभन्दा बढी १४ जनाको मृत्यु

हालसम्म ज्यान गुमाउनेको संख्या २७१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन्। जसमा काठमाडौँकी ८२, ६७ र २२ वर्षीय ३ जना महिला र चितवनकी ३५ वर्षीय १ जना महिला रहेकी छन्।

यसैगरी १० जना पुरुषको मृत्यु भएको छ । जसमा सप्तरीका ५५ वर्षीय २ जना पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्युठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुष रहेका छन् ।