पत्रकारको ज्याकेट लगाएर पुल्चोक झडपमा प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

काठमाडौं । बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने युवा महालक्ष्मी नगरपालिका–१ का २१ वर्षीय अनिश महर्जन रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले इमाडोलबाट पक्राउ गरेको हो ।

अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । 

उनी पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गरेको छ ।

रातो मच्छिन्द्रनाथको रथ जात्राका तनावपूर्ण स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालले आज ललिपुर चक्रपथ क्षेत्रमा विहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।