बिभिन्न भाषाको गीतमा आफ्नो छबि बनाउदै सन्जिब ठकुरी

काठमाडौं । गीत संगीको क्षेत्रमा सन्जिब ठकुरी भन्ने नाम नसुन्ने सायद कमै होलान् ।बिभिन्न गीतहरुमा अभिनय गरेर सबैको मन मुटुमा बस्न सफल मोडल सन्जिब ठकुरीको यो चोटी भने अलि फरक धारको गीतमा अभिनय गरेका छन ।

हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ ।

शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा आएता पनि, बजारमा आएका गीतले अशंख्य संगीत पारखिहरुको मनछुने गर्दछ । यसैलाई ध्यानमा राखेर यति बेला नेपालि गीत संगीतको क्षेत्रमा नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले ‘मज्जाले नाचौंला’ बोलको गीत सार्बजनिक गरेका छन् ।

प्रस्तुत गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटबाट जानकारी प्राप्त भएको छ । ‘मज्जाले नाचौंला’ बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् ।

म्युजिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ । निकै मेहनतका साथ खर्चालु ढंगबाट तयार पारिएको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन भने प्रकाश खड्काको छायांकन र मिलन बि.कको सम्पादन रहेको छ । गीतको म्युजिक भिडियो रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत अहिले बजारमा आएको छ ।

भिडियो हेर्नुहोस :