पुल्चोक झडप व्यवस्थापनमा खटिएका १८ जना प्रहरीलाई कोरोना

काठमाडौं । विहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार झडप व्यवस्थापनमा खटिएका १८ जनामा कोरोना पुष्टि भएको हो । झडप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी हो ।

सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी जम्मा ४५४ जना संक्रमित थपिएका हुन् ।