अबैध मदिरासहित दुई नेपाली  पक्राउ

दोहा । कुवेतमा अबैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

कुवेतको अहमदी पुलिसले अपार्टमेन्टमा छापा मार्दा उनीहरु पक्राउ परेको जनाइएको छ ।

उनीहरुलाई महबुला उपमहानगरबाट पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौँ ब्यारेल (ड्रमहरु), केही उपकरण र बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिरासहित पक्राउ गरिएको हो ।

उनीहरुलाई कानूनी प्रकृया अघि बढाउन सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ ।

यसघि पनि कुवेत प्रहरीले मदिरा भट्टी सञ्चालन गर्ने एक महिलासहित केही नेपालीहरुलाई नियन्त्रणमा लिएको थियो ।

कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ ।