अमेरिकामा थप ५२ हजार जनामा कोरोना संक्रमण

एजेन्सी– अमेरिकामा थप ५२ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शनिबार ५२ हजार ८५३ जनामा संक्रमण पुष्टि भएको छ ।

 योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६३ लाख ८९ हजार ५७ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३६ लाख ३५ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ‍६१ हजार ९२ जनामध्ये १५ हजार ६२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप १०३३ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ९२ हजार १११ पुगेको छ  ।