उपत्यकामा ४०८ सहित १०४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ४०८ सहित देशभर १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा संक्रमण पुष्टि भएको छन् ।