दुई वृद्धवृद्धाको शव फेला

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको शव फेला परेको छ ।

जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको शव घरमा नै फेला परेको हो । दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी०नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

घटनास्थल सदरमुकाम दिक्तेलबाट ३० कोष टाढा भोजपुरको सीमानामा पर्छ । शवको अवस्था हेर्दा तीनरचार दिन अगाडि नै कसैले हत्या गरेको हुनसक्ने डीएसपी चिमरियाले बताए । चिमरियाका अनुसार गाउँमा सोधपुछ गर्दा भदौ १७ गते अपराह्न साढे ४ बजेसम्म उनीहरू घरमै काम गरिरहेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।