काठमाडौं उपत्यकामा ३५४ सहिद ९८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्ले २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ सहिद ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २९०, ललितपुर र भक्तपुरमा ३२ र ३२ जना छन् ।

यस्तै सुनसरीका ८६ जना, बाराका ७३, सुर्खेतका ४४, रुपन्देहीका ३५, चितवनका ३०, मोरङका २९, झापाका २८, पर्साका २५, स्याङ्जाका २२, कास्की र कैलालीका २१-२१ जना, पाल्पाका १९, नवलपुरका १२, सप्तरी, अर्घाखाँची र अछामका ११-११ जना, धनुषा, धादिङ र बझाङका १०र१० जना संक्रमित भएका छन् ।

रौतहटका ८ जना, दोलखा र तनहुँका ७-७ जना, संखुवासभा, सिराहा, बर्दिया र बाँकेका ६÷६ जना, सर्लाही, गोरखा र जुम्लाका ५÷५ जना, कपिलवस्तु र प्युठानका ४-४ जना, महोत्तरी, दाङ, बाग्लुङ र कञ्चनपुरका ३-३ जना, सिन्धुली, नवपरासी, लमजुङ, जाजरकोट, दैलेख र डडेलधुराका २र२ जना तथा उदपयुर, ओखलढुंगा, ताप्लेजुङ, भोजपुर, काभ्रे, सिन्धुपाल्चोक र कालीकोटका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।