बिरामीमा कोरोना पोजेटिभ देखिएपछि पाल्पा अस्पताल सिल

पाल्पा । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए ।

एक हप्ताअघि अस्पतालमा भर्ना भएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन् ।

अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ ।