आजको मौसम : चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वामानुमा जारी गरेको छ ।

महाशाखाले हाल प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।