चितवनका १९ सहित थप ३० जनामा संक्रमण पुष्टि

चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १९ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका ११ जना, रत्ननगरका ६ र खैरेनीका २ जना गरी चितवनका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हेटौँडाका ६ जना, वकैया, मनहरीका एकरएक जना गरी मकवानपुरका ८ जना, शुक्लागण्डकी र भानुका एकरएक जना गरी तनहुँका २ जना तथा नवलपुर देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको छ ।