कोरोना देखिएपछि ट्राफिक प्रहरी कुट्ने ७ जना छुटे

काठमाडौं । बिहीवार निषेधाज्ञाका बेला रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शन हुँदा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने ७ जना हाजिरी जवानीमा सोमवार रिहा भएका छन् ।

उनीहरूलाई ललितपुर प्रहरी परिसरले सोमबार छाडेको हो । पक्राउ परेकामध्ये ६ जनालाई कोरोना संक्रमण देखिएपछि छाडिएको हो भने एक जना दमको रोगी भएकाले छुटेका हुन् ।

परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको छ । प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । तीमध्ये १० जना अझै हिरासतमा रहेका छन् भने पीसीआर रिपोर्ट आउन पनि बाँकी रहेको जनाइएको छ ।