आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…..

काठमाडौं । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ ।

रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ ।

बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ तर बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए । फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको शवसमेत जलाउन पाएनन् । अर्कैले जलाइदिए ।

आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ तर विधिको विडम्बना आफ्ना नौजवान छोरासहित परिवारका चार सदस्यसम्म बाढीको विपत्मा सदाका लागि गुमाएका छन् । यो त दुःखान्त पीडाको खबर थियो नै । यसमा अझ पीडा त बाढीमा बेपत्ता भएर ज्यान गुमाएका आफ्नो दिवङ्गत छोराको शव अर्कैले जलाउँदा भएको छ ।