काठमाडौं उपत्यकामा ३९६ जना सहित ९०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा ३९६ जना सहित देशभर ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

साथै काठमाडौं उपत्यकामा मात्र ३९६ जना संक्रमित भेटिएका छन ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।