थप ३ जनामा कोरोना संक्रमण

दाङ । दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको ७७ जनाको स्वाब परीक्षणमा २ जना पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । संक्रमित हुनेमा जिल्लाको गढवा गाउँपालिकाका ५० वर्षीय १ पुरूष र ५६ वर्षीया महिला रहेका छन् भने शान्तिनगर गाउँपालिकाका २६ वर्षीय १ जना पुरूष छन् । गढवाबाट संकलित २८ जनाको स्वाब परीक्षण गर्दा २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।