विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ ।

२४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २२ हजारभन्दा धेरै भएको छ ।

संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।

गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै १ हजार १०७ जनाको ज्यान गएको वल्डोमिटर्सले जनाएरको छ ।

अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखि उच्च संख्यामा बिरामी थपिएका छन् ।