डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण

रौतहट । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी)सहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

 

बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक, दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए ।

 

ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि उक्त इलाका प्रहरी कार्यालयलाई सेनेटाइज गरेर र भौतिक दुरीसहित केही कामकाजलाई मात्रै निरन्तरता दिएको एसपी शाहले बताए ।  गत शुक्रवार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २० प्रहरी र ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।