अमेरिका लाने भन्दै फिलिपिन्स पुर्‍याएर ४१ लाख ठग्ने दुईजना पक्राउ

काठमाडौँ । पश्चिम रूकुमका दुई पुरूषलाई अमेरिका लैजाने भन्दै ४१ लाख रूपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हाल बबरमहल बस्दै आएका ५४ र ५५ वर्षका दुई पुरूषलाई गत वर्षको साउनमा अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्‍याएर अलपत्र पार्ने दुई जना पक्राउ परेका हुन् ।

उक्त घटनामा संलग्न भएको अभियोगमा ललितपुर महानगरपालिका बस्ने बर्ष ३२ का ‘रवी’ भन्ने रिकेश महर्जन र काभ्रे नमोबुद्ध नगरपालिका वडा नं.९ बस्ने वर्ष २२ की कमला लामालाई पक्राउ गरेको मानव बेचविखन अनुसन्धान व्युरोले जनाएको छ ।

यही घटनामा संलग्न रहेका सतिस बर्तौलालाई भने गत साउन २९ मा नै पक्राउ गरिएको व्युरोले जनाएको छ । उनीहरू तीन जनाले पीडितलाई फिलिपिन्स पुर्‍याएर मानसिक र शारीरिक याताना दिएको समेत प्रहरीले जनाएको छ ।