बलात्कार आरोपमा चार जना पक्राउ

कैलाली । कैलालीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उक्त होटलका सञ्‍चालक कञ्‍चनपुर भिमदत्त नगरपालिका ९ घर भएका २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका १ बस्‍ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका २ बस्‍ने २४ वर्षीय दिपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका १ बस्‍ने २१ वर्षीय टंक धामी रहेका छन् । प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।