घोराहीको ज्यामिरे दहमा डुबेर एकजनाको मृत्यु

दाङ । घोराही उपमहानगरपालिका १३ ज्यामिरे दहमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोही वडाको कलमघारी निवासी २२ वर्षीय जीवन बुढाको दहमा डुबेर मृत्यु भएको हो ।

साथीहरु सँग पौडी खेल्न गएको बुढा डुबेपछि प्रहरीले मृत अवस्थामा निकालेको वडा अध्यक्ष रविलाल घर्तीले जानकारी दिए ।

विना ‘लाइफ ज्याकेट’ उनी पौडि खेल्न दहमा पस्दा डुबेको बताइएको छ । उनीसँगै गएका अन्य ६ जना भने सकुशल रहेका छन् ।

यसअघि ४ दिन पहिले पनि घोराही ४ अमारे सोतामा बनाइएको जलाशयमा डुबेर एक युवकको मृत्यु भएको थियो ।