युनियन लाइफ इन्स्योरेन्सको जिवनदीप बिमा योजना सार्वजनिक

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जीवनदीप बिमा योजना नामक नयाँ म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ ।

न्यून बिमा शुल्कमा अधिक बिमांकको लाभ प्राप्त हुने गरी नवीनतम् प्रकारको म्यादी जीवन बिमा योजना ल्याइएको कम्पनीले जनाएको छ ।

न्यून बिमा शुल्कमा अधिक लाभ लिन सकिने जीवनदीप म्यादी जीवन बिमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्यून आय भएका वर्गका मानिसहरुले पनि सहजै बिमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

उक्त बिमा योजनाअन्तर्गत प्राकृतिक रुपमा बिमा गर्नेको मृत्यु भएमा बिमांक रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बिमांक र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारीरिक अशक्तता भएमा बिमालेखको अवधिसम्म बिमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधासमेत उपलब्ध गराइने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

व्यक्तिगत तथा संस्थागत रुपमा समेत बिमा गर्ने सुविधा रहेको योजनाअन्तर्गत न्यूनतम ३ लाख रुपैयाँ बिमांक र अधिकतम् आयस्रोतका आधारमा आवश्यकताअनुसार बिमांक निर्धारण गरी योजनामा सहभागी हुन सक्ने सुविधा छ ।

यो योजना १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुले ५ वर्षदेखि २५ वर्षसम्मका लागि लिन पाउनेछन् ।

वार्षिक रुपमा बिमा शुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त योजनामा बिमा गर्न चाहनेका लागि उपयुक्त योजना भएको कम्पनीले जानकारी दिएको छ ।

जीवनदीप बिमा योजना नवीन विशेषता भएको, न्यून शुल्कमा अधिक बिमांक रकमको बिमा गर्न सकिने र व्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने कम्पनीले जनाएको छ ।