चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा चितवनका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं.११ का कोरोना संक्रमित ६२ बर्षका पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो १२ः२० मा मृत्यु भएको कलेजले जानकारी दिएको छ ।

कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।