१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

सुर्खेत । सुर्खेतमा बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पञ्‍चपुरी नगरपालिका ४ बस्‍ने १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय तीनजना किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

पञ्‍चपुरी नगरपालिका ९, विद्यापुरस्थित विद्यापुर स्वस्तिक कटेजनजिकको खोल्सामा बालिकालाई बलात्कार गरेको जानकारीपछि इलाका प्रहरी कार्यालय बाबियाचौर र प्रहरी चौकी विद्यापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।