एकैदिन १८१८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३५ हजार ७०० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबार तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३३ हजार ८८२ थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१२ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।