कपिलवस्तुका कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

बुटवल । कपिलवस्तुका एकजना कोरोना संक्रमितको काठमाडौंमा मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–६ बेलासपुरका २९ वर्षका युवकको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा बिहीबार मृत्यु भएको हो ।

भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

मिर्गौलाको डायलासिस गराउंदै आएका उनमा उच्च रक्तचापको पनि समस्या रहेको थापाले बताए । योसंगै कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।