कोरोनाको कहर

आमा तिमिले नै मातूत्व चुसाएर हुर्काएका तिम्रा सन्तानहरु कोही पदको हालीमुहालीमा रमाईरहेका छन्

नेपाल आमा ! देशमा जताततै सन्नाट छाएको छ । बन्द संसारमा भाइरसको दिग्विजय भएको छ। तिमी मुसलधारे बर्षा जसरी कहालिएर रोईरहेकी छौ । तिम्रा सन्तानहरु रोगीय र क्रान्तीको नमिठो युद्धसगँ लडिरहेका छन् ।

भाइरसको क्रान्ति, जून बारुद र गोलीको सन्त्रास उडाउनु भन्दा कयौकक गुणा डरलाग्दो छ । योद्धाहरु रोग, भोक र शोक सित औठाबाजी गर्दै अहोरात्र डटिरहेका छन् ! कयौ थाति बसेका सपनाहरु पुरा गर्ने एउटा झिनो आशा बोकेर, कयौ रहरहरु जीन्दगीको अन्तिम घडिसम्म भए पनि पुरा गर्ने शाहस बोकेर, रित्तो पेट, खाली गोजी र मनभरि शाहस बोकेर बाककच्ने प्रण गर्दै भागदौड गरिरहेका छन्।

शान्ति छैन आमा तिम्रै काखमा हुदाकक पनि शान्तिको नाममा एक अन्जुली सेता परेवा उडाउने र हाम्रा बगैककचाहरुमा सेता फुल फुलाउने सपनाहरु छताछुल्ल भएका छन् । कयौ तिम्रा छोराहरु विदेसी भुमीमा पिल्सिरहेका छन् रोग, भोक र शोक सित । ।

आमा, तिमिले नै मातूत्व चुसाएर हुर्काएका तिम्रा सन्तानहरु कोही पदको हालीमुहालीमा रमाईरहेका छन् भने कोही चुलो बन्द भएर पेटमा दन्किरहेको आगो निभ्याउन नसक्ने भएका छन् । कोही घरको बहाल तिर्न नसकेर बेघर भएर आकाशलाई छानो र धर्तिलाई बिछ्याउना बनाएर सडकको पेटिपेटि लम्पसार परिरहेका छन् ।

बल्ल बल्ल पाएका बेरोजगारीहरुको रोजगार पाउने सपना तुहिएका छन् । कयौ प्रयत्न पश्चात अलिकति बामे सरेका त्यि साना व्यापार व्यवसायहरु मूतकको लास पल्टिए जसरी पल्टिरहेका छन् ।

आमा , माख्लो घरे काकी गर्भवति हुन नसकेर अस्ति भर्खर ज्यान गुमाइन्, दिर्घकालीन रोग भएर सधै औषधी खाएर बाचिरहेका त्यि पिडितहरु उपचार नपाएर जीवन र मूत्युको दोसाधककसगकक सिगौरी खेलिरहेका छन् । रोग भन्दा पनि भोक सगकक लडिरहेका त्यि किसानहरु द्ध के जी मल नपाएर छटपटाइरहेका छन् ।

आर्थिक समस्याको चप्लेटामा परेकाहरु कोही आत्महत्या गर्न त कोही मानिसक रोगको सिकार हुन विवश भइरहेका छन् । नाम्लो बोकेर शहर पसेका पल्लाघरे रामे दाजु घर आएकै छैनन् थाहा छैन उतै कुनै कुनामा दौडिरहेका छन रे एक पेट पाल्ने झिनो आशाको त्यान्दो बोकेर!
जताततै विचल्लीको हार गुहार भइरहेको छ ।

मान्छेका हातमा कोरोना नामको हतगडि लागेको छ। जताततै आदर्शको सोपान चड्ने पाईलाहरु विस्तारै उभोगति छोडेर अधोगगतिको कालो राततिर तिर लम्कदै गईरहेका छन् ।  यस्तै छ नेपाल आमा म के भनुकक र ?? कयौ प्रश्नहरु र गुनासोहरु मनभरि गुम्सिरहेका छन् । पद र प्रतिष्ठामा रहेकाहरु टुलुटुलु हेरेर जनतालाई घरभित्रको बन्द कोठामा राख्न विवश भएका छन् ।

कुनै खोप , औषधी नै पत्ता नलागी घरको बन्द गुफा भित्रसम्म मात्र कति बस्ने?? थाहा छैन यो बन्द कोठाभित्र लुकेका अमुर्त पिडाहरु , वेदना र आर्थिक समस्याका मुलहरू कहिले फुट्ने हुन । आशा छ आमा त्यि जङ्गे मुलहरु फुट्नु अगावै उचित बाधँहरु बाध्न सकुन् । सबैको यसमा ध्यान केन्द्रित होस् ।