हुुण्डाई औरा गाडी सार्वजनिक

काठमाडौ । हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले नेपाली बजारमा नयाँ हुण्डाई औरा सार्वजनिक गरेको छ । नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तीशाली र सुबिधा युक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको जानकारी कम्पनीले दिएको छ ।

कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिमिटेडका प्रवन्ध निर्देशक रूपेश शर्मा भट्टलेसेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय रहेको र यही समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुने बताए ।

यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न को लागी सक्षम भएको उनको दाबी थियो । हुण्डाई औराले पनि यस लेगसीलाई जारी राख्ने उनले बताए । उनका अनुसार हुण्डाई औरा एक आकर्षक सेडानको निम्ती विकसित गरीएको हो ,जुन हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ ।

यस गाडीको डिजाईन एक उत्कृष्ट नमुनामा बनेको छ । कम्पनीका अनुसार आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’ मा बनेको छ । यस गाडीको अघिल्लो भागमा रहेका बत्तिहरुहरुले दिउसोमा पनि प्रकाश दिईरहेको हुनेछ ।

साइड प्रोफाइलले यसको कोप जस्तो स्टाईल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टइनेस दर्साएको छ । औराको विशिष्ट रियर डिजाईनमाचौडा स्ट्यान्स, मजबूत स्पोर्टी बम्परडिजाईन रस्टाइलिश जेड आकारको एलईडी टेल ल्याम्प रहेको छ ।

यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको जानकारी कम्पनीले दिएको छ । औराको उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसमा आधुनिक प्रविधियुक्त ईन्जिनहरुको जडान गरिएको छ । हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएका छ, जुन हुण्डाई औराको आराम्दायी सुबिधामा देख्न सकिन्छ ।

यो वास्तवमै स्टाईल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको कम्पनीको भनाई छ । यसका साथै यो एकीकृत रुपमा बलियो शरीर संरचनामा निर्मित रहेको ६५ प्रतिशत उन्नत उच्च शक्ति स्टीलएपलीकेसन भएको गाडी हो जस्ले उच्च शक्तिसंग हल्का शरीरको वजन सुनिश्चित गर्दछ ।

यसको संरचना उन्नत रिंग स्ट्रक्चर एपलीकेसोनका साथ सुसज्जित छ । यसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिंग र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ लो एनभीएच र सुपरियर ह्याण्डलिङ प्रदान गर्दछ ।

कम्पनीका अनुसार हुण्डाई औरा ‘एस’ भेरियन्टको १.२ कप्पा डुअल भिटिभिटि पेट्रोल ईन्जिनको एक हजार एक सय ९७ सिसिमा मात्र उपलब्ध हुनेछ । यस गाडी विभिन्न चार कलरहरुमा उपलब्ध छ जसको सुरुवाती मुल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली ग्राहकको लागी हुण्डाइ सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको कम्पनीको दाबी छ । हुण्डाइले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आएको छ ।