उपत्यकामा हालसम्मकै धेरै ६९६ जनामा संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२० जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।