काठमाडौंमा जताततै कोठा र सटर खाली

काठमाडौंमा जताततै कोठा र सटर खाली | Sagarmatha Report - YouTube

काठमाडौं । कोरोना महामारीअघिको अवस्थामा काठमाडौंमा खाली कोठा फेला पार्नु दुर्लभ घटना हुन्थ्यो ।

तर अहिले काठमाडौंका प्रमुख शहरी क्षेत्रमै कोठा खाली भएको प्रशस्त देख्न सकिन्छ ।

कोठा भाडामा बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ ।

कोरोना संक्रमणका कारण ४ महिना लामो लक डाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन् ।

कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन् ।

यहीँ भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ ।

यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यवसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।

कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि कोठा खाली भएका धेरै सूचनाहरु घर, पसल र सार्वजनिक स्थलमा टाँसिएको देखिन्छ ।