काठमाडौं उपत्यकामा एकैदिन थपिए ४३१ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जना गरी जम्मा ४३१ जना संक्रमित थपिएका छन् ।