एकैदिन कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ३३६ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ । मन्त्रालयका शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।

जसमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको थियो ।