कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु

मोरङ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८ का ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो ।

उनलाई कोरोना संक्रमण भएको २२ भदौमा पुष्टि भएको थियो ।