मेस्सी मैदान फर्किए

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा जित निकालेको छ । लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले जिम्न्यास्टिकलाई ३–० ले हराएको हो ।

शनिबार राति प्रि–सिजन अन्तर्गतको खेलमा बार्सिलोनाले पहिलो हाफमा सिनियर टोलीका खेलाडीलाई मैदान उतारेको थियो ।

रोनाल्ड कोम्यानले मेस्सी, ग्रिजम्यान लगायत खेलाडीलाई पहिलो हाफमा मैदान उतारेका थिए । दोस्रो हाफमा भने कोम्यानलाई टिममा रहेका युवा खेलाडीलाई मैदान उतारेका थिए ।

तेस्रो डिभिजनको क्लबबिरुद्ध बार्सिलोनाले ३–१ को जित निकालेको हो । बार्सिलोनाका लागि उसमान डेम्बेलेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एन्टोनी ग्रिजम्यान र फिलिप कौटिन्होले पेनाल्टीमा १–१ गोल गरेका थिए ।

बार्सिलोना छोढड्ने चर्चा भएका मेस्सीले प्रि–सिजनको खेलसँगै क्लबका लागि नयाँ सिजनको सुरुआत गर्ने योजना बनाएका छन् । मेस्सीले पहिलो हाफ पूर्णरुपमा खेलेका थिए ।